अँधयारो रातमा
आँखाभरि शीत बोकी
निरीह एउटा फूल
उभिएको छ परास्त
शीत बर्सिन्छन् बर्सिरहन्छन्
फूल आफैं आएको छ
आफ्ना पत्रपत्र चुँडाउन
उसलाई स्वीकार्य छ
आफ्नो जीवन्त मृत्यु
फूल हाजिर छ
आफ्नो सौन्दर्य लुटाउन
फूललाई मञ्जुर छ
लुछिन चुँडिन
फूल उपस्थित छ
आफ्नो वासना गुमाउन
अँध्यारो रातमा फूल
शीत बर्साइरहन्छ
आफ्ना कोपिलाको निम्ति
कठै!
उसको बोटमा काँडा छैन
अपसोच! कवच केही त छैन
अहँ कोपिला माथि शीत बर्सिनु हुँदैन
र त फूल तयार छ
आफ्ना पत्रले ढाक्न तिनलाई
आफ्नो शीतमा लुकाउन
अँध्यारो रातमा फूल
शीत बर्साइरहन्छ
बिहानीपख माटोमाथि
पोखिएको भेटिन्छ शीत
अनि छरिएका भेटिन्छन्
कोपिलाका निम्ति रोइरहेका
चुँडिएका पत्रपत्र
आँखाभरि शीत बोकी
निरीह एउटा फूल
उभिएको छ परास्त
शीत बर्सिन्छन् बर्सिरहन्छन्
फूल आफैं आएको छ
आफ्ना पत्रपत्र चुँडाउन
उसलाई स्वीकार्य छ
आफ्नो जीवन्त मृत्यु
फूल हाजिर छ
आफ्नो सौन्दर्य लुटाउन
फूललाई मञ्जुर छ
लुछिन चुँडिन
फूल उपस्थित छ
आफ्नो वासना गुमाउन
अँध्यारो रातमा फूल
शीत बर्साइरहन्छ
आफ्ना कोपिलाको निम्ति
कठै!
उसको बोटमा काँडा छैन
अपसोच! कवच केही त छैन
अहँ कोपिला माथि शीत बर्सिनु हुँदैन
र त फूल तयार छ
आफ्ना पत्रले ढाक्न तिनलाई
आफ्नो शीतमा लुकाउन
अँध्यारो रातमा फूल
शीत बर्साइरहन्छ
बिहानीपख माटोमाथि
पोखिएको भेटिन्छ शीत
अनि छरिएका भेटिन्छन्
कोपिलाका निम्ति रोइरहेका
चुँडिएका पत्रपत्र
No comments:
Post a Comment