Wednesday, February 23, 2011

ऊ एक्लिन्छ


एकक्षण अघिसम्म हात थाम्नेहरु
अब तर्सिएर भाग्छन् डराउछन्
ऊ जिवन्त थियो एकपल अघि
अब उ मूक, अचल, निश्वास, निष्प्राण

जति अश्रुगंगा बहाऊ ऊ भिज्दैन
जति प्रेमसुमन बर्साऊ ऊ चुम्दैन
अति पागलसरि हाँस ऊ सुन्दैन

ऊ अभिमानि थियो ? अहम् मौन छ
ऊ रुपशाली थियो ? सौन्दर्य चुप छ
ऊ वैभवशाली थियो ? धन अवाक् छ
ऊ बलशाली थियो ? शक्ति निःशब्द छ
के उसका आफ्ना कोही छैनन् ?
कठै शरीर ! आत्मा पनि गैरहाजिर छ

धमिलिंदै समयको बहावसंगै
केही तस्वीर, याद र अतीत
केही आफ्नाहरु सित रहनेछन्
क्षणभरमा उसको परमप्रिय देह
खरानी हुनेछ, माटोमा मिल्नेछ
ऊ सधैंको निम्ति बिदा हुनेछ

सूर्य उदाउन अस्ताउन छोड्ने छैन
चन्द्र मीठोसंग मुस्काउन भुल्ने छैन

No comments:

Post a Comment