केही पाउनुको अभिलाषा ?
केही गुमाउनुको परिभाषा ?
अहँ मैले बुझ्न सकिन
तिम्रो मौन आँखाको भाषा
डिलमै सुकेका आँसु
या मनमै लुकेका हाँसोको डोब ?
अहँ मैले पढ्न सकिन
तिम्रा शुन्य आँखाको बोल
केही प्रश् न पनि नभएका
केही उत्तर पनि नखोजेका
केही विपना पनि नसाँचेका
केही सपना पनि नरोजेका
उघारिएर पनि कति लुकाएका
कस्तो निश्चयहीन निश्चय ?
कस्तो परिचयहीन परिचय ?
अहँ मैले भुल्न सकिन
तिम्रो निष्क्रिय आँखाको अभिनय
केही गुमाउनुको परिभाषा ?
अहँ मैले बुझ्न सकिन
तिम्रो मौन आँखाको भाषा
डिलमै सुकेका आँसु
या मनमै लुकेका हाँसोको डोब ?
अहँ मैले पढ्न सकिन
तिम्रा शुन्य आँखाको बोल
केही प्रश् न पनि नभएका
केही उत्तर पनि नखोजेका
केही विपना पनि नसाँचेका
केही सपना पनि नरोजेका
उघारिएर पनि कति लुकाएका
कस्तो निश्चयहीन निश्चय ?
कस्तो परिचयहीन परिचय ?
अहँ मैले भुल्न सकिन
तिम्रो निष्क्रिय आँखाको अभिनय
No comments:
Post a Comment