Wednesday, February 23, 2011

धानका बाला र जीवन

खुला आकाशमुनि
धानका बाला झुलिरहेका थिए
धानका बाला बोलिरहेका थिए

एउटा झोक्रिरहेको थियो
“अब हरिया धान पहेंला हुँदैछन्
मङ्सिर नजिकिंदै छ
अघिसम्म खुशीयालीमा रमाएँ
अब काटिनु छ
बलि चढ्नु छ
जीवन मेरो सिध्दियो
हाय! नियती!”

एउटा नुहिरहेको थियो
“अब हरिया धान सुनौंला हुँदैछन्
मङ्सिर नजिकिंदै छ
अघिसम्म हरियाली बढाएँ
अब भोक मेटाउनु छ
छाप्रामा छाउनु छ
सुकुलमा उनिनु छ
जीवन मेरो सिध्दिदैन
धन्य मेरो भाग्य।”
ऊ मुस्काउँदै थियो

No comments:

Post a Comment