Wednesday, February 23, 2011

अनुहार

आकाशमा स्वच्छन्द उडिरहेको
भँगेरो
मेरो बार्दलीमा आइपुग्छ

ओह!
त्यो निरीहता
त्यो निश्छलता
त्यो विवशता

ए चरी !
तिमीलाइ सुम्सुम्याऊँ जस्तो लाग्छ
आँखाभरि मात्र होइन
हातभरि पानि हेरुँ जास्तो लाग्छ
दिनभरि खेलूँ जस्तो लाग्छ

तिमी उड्ने आकाशको अनन्तता
मानौं
मेरा इच्छाहरु पोखिएको छ

म सुटुक्क अघि बढ्छु
तिमी
एक्कासी झस्कनु अघि उड्छौ

मेरो आखाँभन्दा पनि पर
मेरो छायाभन्दा पनि टाढा
मेरो आँसुभन्दा पनि टाढा

मलाई मेरै अनुहारमाथि
प्रश् न उठाउन मन लाग्छ

No comments:

Post a Comment